जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

काठमाडौ,२७असोज।सरस्वती नगर सुधार संघ र सरस्वती नगर दिदिबहिनी समुहको आयोजनामा शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

बागमती प्रदेस सांसद छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर भित्रका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथी छिरिङ दोर्जे लामा,नेपाली कांग्रेस बागमती प्रदेश सदस्य नानु दाहाल लगायत अतिथिले जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद लामाले जेष्ठ नागरिकको सम्मान भनेको देश र समाजको सम्मान भएको र यस किसिमको कार्यले समाजमा सकारात्मक शन्देश दिने बताए।

सो कार्यक्रममा बोल्दै कामनपा-६ का वडा अध्यक्ष भुवन लामाले जेष्ठ नागरिकलाई गरिने सम्मानले सामाजिक एकता र सद्भाव सहित अघिल्लो पुस्तालाई सम्मान गर्ने परिपाटीको बिकास भएको बताए ।
यसैगरी उनले जेष्ठ नागरिकलाई सम्मान र शुभकामना आदानप्रदानले सामाजिक एकता र सद्भावको शन्देश दिएको भन्दै सरस्वती नगरमा हुने सामाजिक काम र बिकासको काममा वडाको तर्फबाट सधैं साथ र सहयोग रहने बताए ।

उनले यसै क्षेत्रमा मन्दिर निर्माणको लागि वडा नम्बर-६ को पहलमा महानगरले २ करोड रुपैयाँको मन्दिर र भवनलाई बजेट विनियोजित गरिसकेको समेत बताए ।
सरस्वती नगर सुधार संघका अध्यक्ष पेसल पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा दिदिबहिनी समुहकि अध्यक्ष शान्ता दाहाल र शारदा आचार्यले पनि धारणा राखेकी थिइन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय