
विश्वकपमा आज महाभिडन्त: भारत र पाकिस्तान खेल्दै

काठमाडौं, २७ असोज । भारतमा जारी आइसिसी क्रिकेट विश्वकप अन्तर्गत आज सर्वाधिक चर्चामा रहेको खेल हुँदै छ ।
आज भारत र पाकिस्तानबीच महाभिडन्त हुँदै छ । अहमदाबाद स्थित नरेन्द्र मोदी रङ्गशालामा दिउँसो सवा २ बजेदेखि बहुप्रतिक्षित खेल सुरु हुने छ । त्यसअघि विश्वकपको उद्घाटन समारोह पनि हुनेछ । खेलहरु एक साता अगाडिदेखि सुरु भइसकेको भएपनि उद्घाटन आज हुन लागेको हो ।


यस विश्वकपमा दुवै टोलीले हालसम्म खेलेका दुवै खेल जितेर आएका छन् । विश्वकपमा पाकिस्तानले हालसम्म भारतलाई हराउन सकेको छैन । अन्य प्रतियोगितामा भने पछिल्ला समयमा पाकिस्तानले भारतलाई हराएको छ ।

पाकिस्तान आजको खेलमा भारतमाथि ऐतिहासिक जीत निकाल्न चाहन्छ भने भारतले विश्वकपमा पाकिस्तान माथिको दबदबालाई कायमै राख्दै विश्वकपमा लगातार तेस्रो जीत निकाल्न चाहन्छ ।
Comments

