चुनावी प्रतिबद्धता पूरा गर्दै वडा अध्यक्ष भुवन लामा

काठमाडौ, २७ असोज । काठमाडौ महानगरपालिका वडा नम्बर-६ का वडा अध्यक्ष भुवन लामाले चुनावी प्रतिबद्धता अनुसार वडा भित्रका बिकासका काम सम्पन्न गर्दै अगाडी बढ्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

कामनपा ६ अन्तर्गत बौद्ध,जुनेलीमार्ग (हेलम्बु बसपार्क सँगै)को ढलान बाटो उद्घाटन गर्दै वडा अध्यक्ष लामाले बिकास र समृद्धिको कुरा चुनावी नारामा मात्रै सिमित नराखी आफुहरु सधैं जनताको सुखदुःखमा साथ रहेको बताए ।हरेक बिकासका काममा स्थानीयले सहयोग गरेकोले छिटो काम सम्पन्न हुने गरेको समेत उनले बताए ।’चुनावी प्रतिबद्धता पूरा गर्न पाएकोमा हामी खुशी छौ’- अध्यक्ष लामाले भने-‘अब बाकी रहेका कामहरू पूरा गर्दै जाने प्रतिबद्धता जनाउदै हराभरा,स्वच्छ टोल बनाउने वडाको जिम्मेवारी पूरा गर्नेछु।’

उनले सडक बत्ती,ढल र खानेपानीको कामलाई समेत ध्यान दिइएको र सुरक्षाको प्रत्याभूति दिलाउन सिसिक्यामेरा जडान गरिने पनि बताए । अध्यक्ष लामाले मुस्कान सहितको सेवा प्रवाह गर्दै स्थानीय टोलबासीको समस्यालाई ध्यान दिइने र धुलो रहित र स्वस्थ नगर बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा वडा सदस्यहरु नरेन्द्र थापा(भगवान), देव शुन्दर बज्राचार्य, लिला विसुङ्खे, नेपाली काङ्ग्रेस काठमाडौ-३(१) सभापति श्रीराम चालिसे,सचीव इस्वर पुडासैनी,पवीन भट्ट,रितेस तामाङ,निर्माण ब्यबसायी भुपेस बस्ताकोटी लगायत उपस्थित थिए।

उक्त बाटो १९ लाख २२ हजारको लागतमा निर्माण सम्पन्न भएको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय