चलचित्र विकास बोर्डका अध्यक्ष केसीको कार्यसम्पादन ‘रेड जोन’ मा देखियो

काठमाडौं, २७ असोज । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी मन्त्रालयको कार्यसम्पादन क्षमताको मुल्यांकन गर्दा ‘रेड जोन’मा परेका छन् । अध्यक्ष केसीले सूचना, प्रविधि तथा संचार मन्त्रालयमा बुझाएको कार्ययोजनाको आधा प्रतिशत मात्र काम गर्न सकेको देखिएको छ।

मन्त्रालयमा विकास बोर्डले हरेक वर्ष गर्ने कामको विवरण बुझाउनुपर्ने हुन्छ ।सोही अनुसार बोर्डले बुझाएको विवरण अनुसार नै मन्त्रालयले कामको मुल्यांकन गर्ने गर्छ । विकास बोर्ड अध्यक्षले पनि गतबर्ष बोर्डमा वार्षिक कार्य योजना बुझाएका थिए । तर, उनले एक वर्षमा बुझाएको कार्य योजनाको आधा प्रतिशत काम पनि गर्न सकेनन् । जसका कारण, मन्त्रालयले बोर्डको कामलाई ‘रेड जोन’मा राखेको छ ।

विशेष गरि, राष्ट्रपति बिरामी हुँदा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सही समयमा गर्न नपाउनु, दोलखामा बन्ने भनिएको फिल्म स्टुडियो वनको विवादले समयमै सुरु गर्न नपाउनु आदि कारणले कार्य सम्पादनमा ढिलाई भएको बोर्डले स्पस्ट गर्न खोजेको छ।तर,मन्त्रालयले अध्यक्ष केसीलाई बोलाएर कार्य सम्पादनमा ढिला सुस्ती किन भएको हो ? भन्ने प्रश्न गरेको थियो ।

चलचित्र विकास बोर्डमा अध्यक्षको रुपमा भुवन केसी नियुक्त भएको एक बर्ष भित्र राम्रो काममा भन्दा विवादमा नै बढी परिरहेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...