तिनकुने हत्याकाण्डका आरोपी भण्डारीलाई गोलघरमा राखियो

काठमाडौं, २७ असोज । तिनकुनेमा चार जनाको हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार पठाइएका सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ ।

गोलघरलाई जेलभित्रको पनि जेल भनेर बुझिन्छ । यसबाहेक पनि थुप्रै मान्छेको हत्या गरिसकेको बयान दिएका भण्डारीलाई उच्च निगरानीमा सिधै गोलघरमा राखिएको हो ।

भण्डारीलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । भण्डारीले बयानमा आफुलाई कसैप्रति मायाममता नहुने जनाएका थिए ।

सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरभित्र १० वटा कोठा छन् । तीमध्ये ५ वटा कोठामा कैदीबन्दी छन् ।

यो पनि:
तीनकुने घटनाका मुख्य अभियुक्त विरुद्ध मुद्दा दायर, यस्तो छ बयानको पूर्णपाठ

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय