
राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं, २६ असोज । भेपको सुन प्रकरणमा माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका पुत्र राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।


जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सोही प्रकरणमा पक्राउ परेका सुन तस्कर चिनियाँ नागरिकका सवारी चालक लोकेन्द्रकुमार पौडेललाई भने ५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ ।
गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको प्रकरणमा राहुल महरा पनि मुछिएका हुन् ।
Comments

