विजय सामुदायिकलाई शिक्षा विकास तथा समन्वय इकाइद्वारा सम्मान

नवलपुर, २६ असोज । नवलपुरको गैैडाकोटमा रहेको विजय सामुदायिक शिक्षा सदन स्कुल गण्डकी प्रदेश अन्तर्गत नवलपुर जिल्ला शिक्षा, विकास तथा समन्वय इकाइबाट सम्मानित भएको छ ।

एसईई २०७९ मा साधारण धार तथा नियमित तर्फ कम्तिमा ५० विद्यार्थी सम्मिलित गराई संस्थागत विद्यालयहरुमध्येबाट जिल्लामा द्वितिय स्थान हासिल गर्न सफल भएकोमा इकाइले सम्मान गरेको हो ।

सम्मानपत्र ग्रहण गर्दै विद्यालयकी प्रधानाध्यापक रेखा श्रेष्ठले विद्यालयले विभिन्‍न माध्यमबाट विद्यार्थीलाई उच्च स्तरको शिक्षा प्रदान गरी उत्कृष्ट अंक हासिल गर्न सक्षम बनाउन पाउँदा गर्व लागेको बताउँदै आगामी दिनमा पनि विद्यालयलाई थप सफलताको शिखरतर्फ अघि बढाउन प्रयास गरिरहने जनाइन् ।

साथै उनले यस विद्यालयलाई सफल तुल्याउन भूमिका खेल्ने विद्यार्थीहरु, शिक्षक, अभिभावकलगायत समस्त विद्यालय परिवारलाई धन्यवाद समेत दिइन् ।

विजय सामुदायिकले पछिल्ला वर्षहरुमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै सम्मानित हुँदै आइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय