
कोशीको मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गरेका सांसद प्रदेश प्रमुखको कार्यालय पुगे
काठमाडौं, २६ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा एमाले र काँग्रेसबाट विद्रोह गरेका कुल ४७ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।


एमालेका ३९ जना र सत्ता गठबन्धनको निर्णयको विरुद्वमा लागेका कांग्रेसका ८ जना प्रदेशसभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् ।

यता माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले भने नेपाली काँग्रेससहित चार दलका नेताहरुको हस्ताक्षर लगेका थिए ।
दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख परशुराम खापुङ थप छलफल गरेर मात्र निर्णय गर्ने मनस्थितिमा देखिएका छन् ।
Comments

