बाँके र सर्लाहीका सिडिओ र प्रहरी प्रमुख फेरिए

काठमाडौं, २६ असोज । केही समयअघि दङ्गा भड्किएर अशान्त बनेको दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख फेरिएका छन् ।

गृहले सर्लाही र बाँकेका सीडीओ सरुवा गराएको थियो । सर्लाहीमा इन्द्रदेव यादव हटाएर कोमलप्रसाद धमला खटाइएको छ भने बाँकेमा विपिन आचार्यको स्थानमा श्रवणकुमार पोखरेललाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयले सोही जिल्लाका प्रहरी प्रमुखको पनि बिहिबार नै सरुवा गरेको छ। सर्लाहीमा प्रविण धिताल र बाँकेमा सुवास बोहरालाई जिम्मेवारी दिँदै सर्लाहीमा कार्यरत नरेश सुवेदी र बाँकेका सन्तोषसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको छ।

यी दुवै जिल्लामा केही समयअघि धार्मिक तथा साम्प्रदायिक दंगा भड्किएको थियो । लामो समय कर्फ्यु जारी गरिएपछि अहिले स्थिति समान्य बनेको छ

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...