काठमाडौ-२ मा कांग्रेसले चुन्यो महासमिति सदस्य

काठमाडौ,२५असोज।नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर-२ बाट ११ जना महासमिति सदस्य चुनिएका छन् ।

क्षेत्रीय समिति बैठकले हालका क्षेत्रीय सभापति कवीर शर्मा सहित पुर्व क्षेत्रीय सभापति समेतलाई महासमिति सदस्य निर्वाचित गर्ने अधिकार प्रत्यायोजन गरे बमोजिम ११ जनालाई महासमिति सदस्यमा निर्वाचित गरेको कांग्रेसले जनाएको छ।

जस अनुसार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ बाट महासमिति सदस्यमा सर्वसहमतीबाट क्षेत्रीय सभापति शर्मा सहित कागेश्वरी मनोहरा नगर प्रमुख एवं पुर्व क्षेत्रीय सभापति उपेन्द्र कार्की, दिपक प्रकाश कुइकेल,लोकेश ढकाल,शंकर थापा,शर्मिला थापा कार्कीलाई निर्वाचित गरेको हो।

यसैगरी भद्रा भण्डारी,भिमार्जुन आचार्य,मन्जु खड्का द्रोणा खड्का र गोविन्द बहादुर श्रेष्ठ पनि महासमिति सदस्य निर्वाचित भएको क्षेत्रीय सभापति कविर शर्माले परेवान्युजलाई बताए ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय