इजरायलबाट २५० यात्रु लिएर उड्यो नेपाल एयरलाइन्स

राति ९ बजे काठमाडौ आइपुग्ने

काठमाडौं,२५असोज। हाल युद्धग्रस्त देश इजरायलबाट २५० जना नेपाली लिएर नेपाल एयरलाइन्सको जहाज नेपाल फर्किएको छ।

त्यहाँ रहेका नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान २५० जना लिएर उडेको बताइएको छ। जहाज राति ९ बजे काठमाडौ आइपुग्ने छ। तर,जहाजमा त्यहीँ मारिएका १० विद्यार्थीको शव भने ल्याइएको छैन ।

नेपाली बोकेर इजरायलबाट नेपाल एयरलाइन्सको जहाज उडेको तर विमानमा शव भने नरहेको स्रोतले बतायो। इजरायल रहेका र नेपाल फर्कन चाहेका नेपालीको संख्या ४ सय भन्दा बढी भएपनी आज २५० जना मात्रै विमान चढेको बुझिएको छ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद बुधबार बिहान २:३० बजे विमानमा इजरायल गएका थिए । नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा परराष्ट्र मन्त्री साउदले कुराकानी गरेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय