लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौं, २५ असोज । काठमाडौंको जगडोलमा गोली चलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोकर्णेश्वर नगरपालिका-९ जगडोलमा गोली चलाएको हो ।

जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गोली लागेर एक जना घाइते भएका छन् भने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । घाइते युवकको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

नियन्त्रणमा लिएकाहरुलाई प्रहरी वृत्त वौद्धमा राखिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय