भक्तपुरमा स्कुटरको ठक्करबाट वृद्धाको ज्यान गयो

भक्तपुर, २५ असोज । भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका-१ मा बा ६९ प ९१० नम्बरको स्कुटरले आज बिहान ठक्कर दिंदा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछुको मृत्यु भएको हो ।

ठक्कर दिने स्कुटर चालक दोलखाकको तामाकोशी गाँउपालिका- ४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय