यु-१९ प्रिमियर कप: नेपाल र इरान खेल्दै

 

 

काठमाडौं, २५ असोज । मलेसियामा बिहिबारदेखि सुरु एसिसी यु१९ प्रिमियर कप २०२३ को आफ्नो पहिलो खेलमा नेपालले इरानसँग खेल्दै छ ।

मलेसियाको बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा इरानविरुद्ध टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ ।

शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् ।

नेपाल २०२४ को सुरुवातमा श्रीलंकामा हुने यु१९ विश्वकपमा समेत छनौट भइसकेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय