
माइतीघरमा स्थानीय तहका कर्मचारीको आन्दोलन आज पनि जारी (तस्वीरहरु)
प्रतिक भट्टकाठमाडौं, २४ असोज । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनरत स्थानीय तहका कर्मचारीले बुधबार पनि माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका छन् ।


संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरप्रदेश सरुवा, बढुवालगायतका २० बुँदे माग राखी आन्दोलन गरिरहेका छन्।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् ।
तस्वीरहरु:
Comments

