बागमती प्रदेशसभाको अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै

रासस

काठमाडौं, २३ असोज । बागमती प्रदेश सभा बैठकको अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै छ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन्।

मन्त्रिपरिषदबाट आज पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए।

बागमती प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • पूर्वराजा ज्ञानेन्द्रसँगको भेट…

    म बाहिरबाट आएर घरको भर्‍याङ चढ्दै थिएँ, टेलिफोनको घण्टी सुनियो । कोठाभित्र पसेर टेलिफोन उठाएँ । त्यस बेलाका त्रिभुवन विश्वविद्यालयका...