
केपी ओली भन्दा प्रचण्ड ‘स्ट्यान्डर्ड’-दुर्गा प्रसाईं
काठमाडौ,२३असोज।झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नै हजुरबुबा नाता पर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘स्ट्यान्डर्ड’ र ‘राजनीतिक चरित्रको मान्छे’ भएको बताएका छन्।


सोमबार काठमाडौमा उनिमाथी कालोमोसो दलिएको थियो। सोही प्रकरणको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफ्नै पुर्व पार्टी नेकपा एमालेका अध्यक्षओली र नेता महेश बस्नेतप्रति आक्रोश पोख्दै प्रचण्ड प्रती नरम बनेका हुन्।

सोही पत्रकार सम्मेलनमा ठुला मिडियालाई गाली गर्दै उनले युटुव संचालकलाई हौस्याए। त्यसैगरी ओलीमा राजनीतिक चरित्र नभएको बरु प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठहरूमा राजनीतिक चरित्र देखिएको उनले जिकिर गरे।‘हजुरबुवा (केपी शर्मा ओली) लाई म चुनौती दिन्छु तपाईंले जस्तो विरुवा आज रोप्नुभएको छ नि! तपाईंभन्दा त यो कुरामा धेरै स्ट्यान्डर्ड हुनुहुँदोरछ प्रचण्ड। प्रचण्डको विषयमा पनि बोलियो नि! तर प्रचण्डले आजसम्म जवाफ फर्काउनुभएको छैन।’
उनले नारायणकाजी श्रेष्ठ पनि राजनीतिक चरित्र भएका मान्छे भन्दै ओली र महेश बस्नेततर्फ लक्षीत गर्दै भने-‘यस्तो पनि राजनीति हुन्छ? यल्लाई राजनीति भन्छ? गणतन्त्रमा बोल्न नपाउने!’
Comments

