
चलचित्र निर्माता संघको साधारण सभा सम्पन्न
काठमाडौं,२३ असोज । नेपाल चलचित्र निर्माता संघको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


साधारण सभाको उदघाटन गर्दै सूचना तथा सन्चार प्रविधि सचिव कृष्ण बहादुर राउतले हाल प्रस्ताव गरिएको विधेयक प्रस्तावित विधेयक मात्रै भएको भन्दै यसमा भएका कमि कमजोरी सच्याउन सरकार तत्पर रहेको जानकारी दिए ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको सभापतित्वमा सम्पन्न्र साधारण सभामा बोल्ने अधिकांश वक्ताहरुले वर्तमान सरकारले ल्याउन लागेको चलचित्र सम्बन्धि बिधेयकमा आपत्ती जनाए।
उनीहरुले यो विधेयक जस्ताको त्यस्तै आउन नहुनेमा उनीहरुको जोड थियो । यसलाई चलचित्र सम्बद्ध सम्पूर्ण पेशागत संघ संस्थाले खबरदारी गर्नुपर्ने बक्ताको जोड थियो।
संघका अध्यक्ष नवल खडका, वरिष्ठ चलचित्रकर्मी नीर शाह लगायतले विधेकको मस्यौदामा आपत्ति जनाएको भएपनि चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी र संचार सचिव राउतले विधेकमा भएका कतिपय कुरा सच्याउन सरकार तयार रहेको धारणा राखेका थिए।
कार्यक्रममा नेपाली चलचित्रको राम्रो व्यापार गरेका सिनेमा हलहरु नारायणगढको जलमा र काठमाडौंको बिग मुभिजलाई सम्मान गरिएको थियो ।
सोही समारोहमा साधारण सभा स्मारिकाको रुपमा “सिनेमा विशेषाङ्क” को पनि विमोचन गरिएको थियो ।
\
Comments

