
योङ, रविन्द्र र लेथमको अर्धशतकमा न्युजिल्यान्डको बलियो योगफल
काठमाडौं, २२ असोज । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले न्युजिल्यान्ड र नेदरल्यान्ड्स खेलिरहेका छन् । न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ३२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।


टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२२ रन बनायो । उसका लागि विल योङले ७० रन बनाए भने टम लेथमले ५३ र रचिन रविन्द्रले ५१ रनको योगदान दिए ।

डारेल मिचेलले ४८ रन बनाउँदा मिचेल सान्टनर ३६ रनमा अविजित रहे । नेदरल्यान्ड्सका आर्यन दत्त, पल भान मिकेरन र रोलफ भान डेर मर्वेले २-२ विकेट लिए भने बास डे लिडेको नाममा एक विकेट रह्यो ।
Comments

