
दुर्गा प्रसाईलाई कालोमोसो
काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन् ।


सोमबार दिउँसो काठमाडौंको एक होटलमा प्रसाईंले पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

उनले बेलाबेला विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।
Comments

