चाडपर्वका लागि अग्रिम टिकट बुकिङ आजदेखि

काठमाडौं, २२ असोज । सोमबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुल्ला हुँदै छ । नेपालीहरुको महान् पर्व बडादशैं नजिकिएसँगै अग्रिम टिकट बुकिङ खुल्ला भएको हो।

यसवर्ष दसैँको लागि भाडा वृद्धि नगरी पुरानै भाडामा टिकट बिक्री गर्न यातायात व्यवसायी सहमत भएका छन्। गएको शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायी आजबाट दसैँका लागि टिकट बुकिङ खुलाउन सहमत भएका थिए।

काठमाडौं उपत्यकाबाट हरेक वर्ष दसैँको समयमा करिब २० लाख यात्रु बाहिरिने गरेको तथ्यांक रहेको छ। यात्रुलाई सहजताका लागि प्रहरीसँग समन्वय गरी केन्द्रहरु स्थापना गरिने विभागले जनाएको छ।

विगतका वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको भएपनि यसपटक बाटोको अवस्थाका कारण केही ढिलाइ भएको व्यवसायीको भनाइ छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय