एसियाली खेलकुद: कराँतेमा नेपालकी एरिकाले जितिन् ऐतिहासिक रजत पदक

काठमाडौ, २० असोज । चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपालले दोस्रो पदक जितेको छ । नेपाली कराँते खेलाडी एरिका गुरुङले महिला ६८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी हुन् ।

फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित हुँदा एरिका रजतमा सीमित भइन् । यद्यपि उनले एरिकाले कराँते इतिहासमा नै एसियाडको पहिलो रजत पदक जितेकी हुन् ।

एरिकाले सेमिफाइनलमा हङकङकी यान काइहोलाई पराजित गर्दैफाइनलमा प्रवेश गरेकी थिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय