६१ किलो सुन प्रकरण: २५ जनालाई थुनामा पठाउने आदेश, एकजना धरौटीमा रिहा

काठमाडौं, २० असोज । काठमाडौं जिल्ला अदालतले ६१ किलो सुन प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ जनालाई थुनामा तथा एकजनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । भन्सार एजेन्ट रूक्मिना सुब्बासँग पाँच लाख धरौटी माग गरिएको छ ।
भदौ ३१ गते जिल्ला सरकारी वकिल कार्यालयले सुन तस्करी प्रकरणमा तीन अर्ब ५० करोड रुपैयाँ बिगो दाबी सहित काठमाडौं जिल्ला अदालतमा २९ जनामाथि मुद्दा दायर गरेको थियो।
हङकङबाट ब्रेक शुमा लुकाएर ल्याएको सुन साउन २ गते राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
यसलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो।

