दशैंका लागि अग्रिम टिकट बुकिङ सोमबारदेखि खुल्ने

काठमाडौं, १९ असोज । आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै यात्रुहरुका लागि सार्वजनिक सवारी साधनको अग्रिम बुकिङ असोज २२ अर्थात् सोमबारदेखि खुल्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको हो ।
दशैंका बेला लाखौं मानिसहरु काठमाडौंबाट बाहिरिने गरेका छन् ।

