प्रधानमन्त्री प्रचण्ड बझाङमा

काठमाडौं, १९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका हुन् ।
प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । प्रधानमन्त्रीको आगमनले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्पले क्षति गरेको छ भने त्यसपछि कैयौं परकम्पनहरु गएका छन् ।

