गोली लागेर घाइते भएकी असई पत्नीको उपचारका क्रममा ज्यान गयो

काठमाडौं, १९ असोज । केही दिनअघि निवासमै गोली लागेर घाइते भएको अवस्थामा भेटिएकी नेपाल प्रहरीका सहायक निरीक्षककी पत्नीको उपचारका क्रममा ज्यान गएको छ ।
नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
९ दिन अगाडि लक्षमण घरमा नभएका बेला शर्मिला गोली लागेको अवस्थामा घाइते भेटिएकी थिइन् । उनले आफैंलाई गोली प्रहार गरेको हुनसक्ने आशंका छ ।
लक्ष्मण एक पूर्व आइजिपीका निजी सुरक्षा अधिकृत समेत रहेका थिए ।
यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

