लाजिम्पाटको रेस्टुरेन्टमा म:म भित्र साङ्लो !

काठमाडौं, १९ असोज । काठमाडौं महानगरपालिकाले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा ताला लगाएको छ ।

लाजिम्पाटमा रहेको फो–९९ रेस्टुरेन्टबाट बिक्री गरिएको मःम मा साङ्ला भेटिएको गुनासो आएपछि महानगरको टोलीले बिहीबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा उक्त रेस्टुरेन्टमा अखाद्य वस्तुहरू भेटिएपछि ताला लगाइएको महानगरले जनाएको छ।

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेलका अनुसार बुधबार एक ग्राहकले मःम अर्डर गर्दा साङ्ला भेटिएको गुनासो गरेपछि बिहिवार अनुगमन गरिएको थियो।

रेस्टुरेन्ट संचालकले अखाद्य बस्तु बिक्री नगर्ने,स्वास्थ र सफाइलाई ध्यान दिने प्रतिबद्धता सहित जरिवाना तिरेपछि मात्रै ताला खोलिने महानगर स्रोतले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय