रुसी आक्रमणबाट युक्रेनको एकै गाउँका ५१ जनाको मृत्यु

एजेन्सी, १९ असोज । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी आक्रमणमा पूर्वी युक्रेनमा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएका छन्।

खार्किभ क्षेत्रको होजा गाउँस्थित एउटा क्याफेमा रुसी इस्कन्डर मिसाइलले आक्रमण गरेको बताइएको छ। खार्किभ क्षेत्रका प्रमुख ओलेह सिन्येहुबोभले मृतकहरू सबै एकै गाउँका रहेको बताए।

यसबारेमा रुसले भने कुनै प्रतिक्रिया दिएको छैन । रुसले नागरिकमाथि सिधा आक्रमणको सधैँ खण्डन गर्दै आइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय