एमाले गण्डकीको अध्यक्षमा शर्मा विजयी

काठमाडौं, १८ असोज । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् ।

जारी अधिवेशन अन्तर्गत बिहिबार भएको निर्वाचनबाट शर्मा विजयी भएका हुन् । सम्पूर्ण पदमा उनको प्यानल नै विजयी भएको छ ।

शर्माले ५३१ मत ल्याए भने अध्यक्षका अर्का प्रत्याशी लमजुङका मायानाथ अधिकारीले ३६५ मत मात्र पाए ।

उपाध्यक्षमा मिनप्रसाद गुरुङ ५३४ मतसहित विजयी हुँदा सचिवमा धनन्जय दवाडी ५२० मतसहित विजयी भए ।

उपसचिवमा दानबहादुर विक विजयी भए भने उपसचिव महिलामा मञ्‍जु अधिकारी विजयी भइन् ।

बिहिबार सम्पन्‍न मतदानबाट कुल ८९६ मत खसेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय