धादिङमा ट्रकको ठक्करबाट स्कुल जाँदै गरेका बालकको ज्यान गयो

काठमाडौं, १७ असोज । धादिङमा ट्रकको ठक्करबाट दुई बालकको ज्यान गएको छ । बुधबार विहान मलेखु बजारनजिकै ट्रकले ठक्कर दिँदा उनीहरुको ज्यान गएको हो ।
प्रहरीका अनुसार स्कुल जाँदै गरेका बालकलाई विपरीत दिशामा आएर ट्रकले ठक्कर दिएको हो ।
ठक्कर दिएर भाग्न खोजेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

