संसदमा ओलीले भने: हिंसाको सुरुवात भएको दिन बिदा स्वीकार्य छैन

काठमाडौं, १६ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको जनयुद्ध दिवसका दिनमा दिइने बिदाप्रति आपत्ति जनाएका छन् ।
‘केको खुसियालीमा बिदा ? हिंसा सुरु गरेको दिनमा उत्सव मनाउन मिल्छ ? हजारौं मान्छे मारिने गरी भएको हिंसाको सुरुवात भएको दिन भोज खाऊ मनाऊ भनेर बिदा दिन सुहाउँछ ?’, उनले प्रश्न गरेका छन् ।
उक्त बिदा स्वीकार्य नभएको भन्दै उनले आगामी मन्त्रीपरिषद्को बैठकबाट उक्त बिदा फिर्ता लिइहाल्न दबाब दिएका छन् ।

