इन्द्रजात्रा हेर्न गएका युवकको हत्या, एक पक्राउ

 

काठमाडौं, १६ असोज । काठमाडौंको न्युरोडमा एक युवकको हत्या भएको छ । इन्द्रजात्रा हेर्न सोमबार राति न्युरोड पुगेका ओखलढुंगाको लिखु गाउँपालिका- ४ घर भइ हाल काठमाडाैँकाे क्षेत्रपाटी बस्ने १७ वर्षीय सनी कार्कीको हत्या भएको हो।

सोमबार राति साढे ११ बजे धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनामा मुख्य संलग्न रहेका अभियुक्तलाई पनि ललितपुरबाट पक्राउ गरेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय