एमाले कोशीको अध्यक्षमा घनश्‍याम खतिवडा विजयी

विराटनगर, १६ असोज । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।

प्रतिस्पर्धी विनोद ढकाललाई ७३ मतले पछि पार्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकालले ४३९ मत ल्याए ।

मोरङको पाँचौ जिल्ला अधिवेशनमा ढकालसँगै पराजित भएका खतिवडाले प्रदेश अधिवेशनमा नतिजा उल्टाएका हुन् ।

खतिवडा एमालेका पूर्वमहासचिव मदन भण्डारीसँग तत्कालीन समयमा सक्रिय रहेका नेता हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय