सरकार छाड्न कांग्रेस भित्रैबाट दबाब !

काठमाडौ,१४असोज। नेपाली काङ्ग्रेस भित्र सरकार छाडेर प्रतिपक्षीमा बस्नुपर्ने दबाब बढेको छ।
पार्टी रुपान्तरण अभियानले आइतबार काठमाडौमा गरेको कार्यक्रममा महामन्त्री गगन थापा लगायत केन्द्रिय नेताहरुले पार्टीले बर्तमान सरकार छाडेर बाहिर बस्नुपर्ने भन्दै समाजवादी मोर्चालाई मात्रै सरकार चलाउन दिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा महामन्त्री थापाले समाजवादी मोर्चालाई अढाई वर्ष सरकार चलाउन दिएर आफूहरूले फ्लोरबाट समर्थन गर्ने प्रस्ताव अघि सारेपछि नेताकार्यकर्ताले समर्थन गरेका थिए।
उनले अहिले नै कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने प्रस्ताव समेत गरे।तर,साढे दुई बर्ष समाजवादी मोर्चालाई बाहिर बसेर समर्थन गर्ने र त्यसपछि ०८४ को चुनाव अगाडी २ बर्ष काङ्ग्रेसले सरकार चलाउनुपर्ने पक्षमा आफू रहेकोमा समेत जोड दिए।
अर्का बक्ता केन्द्रिय सदस्य प्रदीप पौडेलले महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने पार्टी सरकारमा बस्नुको औचित्य नहुने बताए।

