नेपालद्वारा माल्दिभ्सलाई २१३ रनको लक्ष्य

काठमाडौं, १४ असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र माल्दिभ्स खेलिरहेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाउँदै माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल ४७ रनमा नटआउट रहे ।

