पर्वतमा बेपत्ता जीप भेटियो, एकजनाको शव फेला

पर्वत, १४ असोज । पर्वतको कुश्मा नगरपालिका-७ र ८ को सिमाना तमादीखोलामा शनिबार साँझदेखि बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको छ । दुई जना अझै बेपत्ता छन् ।

शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग १ ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो । बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वत प्रहरीले जानकारी दिएको छ । उनी तिलोत्तमा नगरपालिकाका गोपालप्रसाद बस्याल हुन् ।

चालकले भने आफू भागेर बाँच्न सफल भएको बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय