सरकार र आन्दोलनरत चिकित्सकबीच भएको सहमतिका ६ बुँदाहरु केके ?

काठमाडौं, १४ असोज । सरकार र आन्दोलनरत चिकित्सकबिच ६ बुँदे सहमति भएको छ। सहमति भएसँगै चिकित्सकहरुको आन्दोलन पनि फिर्ता भएको छ ।
सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा शनिबार राति सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
पछिल्लो समय पोखराको मणिपाल, चितवनको माडी, हेटौंडालगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो ।
हेर्नुस् सहमति:


