एसियाड क्रिकेटमा नेपाल र माल्दिभ्स खेल्दै

काठमाडौं, १३ असोज । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार आइतबार विहान पौने ७ बजे सुरु हुने छ ।
नेपालले पहिलो खेलमा मङ्गोलियामाथि विश्व कीर्तिमानी जीत हासिल गरेको थियो । नेपालले मङ्गोलियामाथि २७३ रनको विशाल जित हात पारेको थियो ।
नेपाल क्वाटरफाइनलमा पुग्ने निश्चित छ । क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान वा श्रीलंकामध्ये एक टोलीसँग नेपालले खेल्ने छ ।

