दुर्घटनामा खुट्टा गुमाएकी घिमिरेलाई आर्थिक सहयोग

काठमाडौं,१३असोज।नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई सहयोग हस्तान्तरण गरेका छन् ।

घिमिरेलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको पहलमा संकलित ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग रकम डा.कोइरालाले  हस्तान्तरण गरेका हुन् ।

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट उक्त रकम संकलन गरिएको र सोही रकम डा. कोइरालाले घिमिरेको निवासमै पुगेर हस्तान्तरण गरे।

रकम हस्तान्तरण गर्दै डा.कोइरालाले अमेरिकमा बसेर घिमिरेलाई सहयोग गर्ने सहयोगी मनहरूलाई धन्यवाद दिए। उनले बिश्वको जुनसुकै स्थानमा रहेर पनि नेपालीलाई समस्या पर्दा सहयोग गर्नेहरु सच्चा देशभक्त र असल नागरिक भएको भन्दै कुनैपनि बिपत्ति वा सङ्कटमा विदेसमा बस्ने  नेपालीहरूको सहयोग महत्वपूर्ण हुने गरेको बताए।

कार्यक्रममा गैर अवासिय नेपाली संघ एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य र महासचिव गौरीराज जोशीले घिमिरेलाई क्रृत्रिम खुट्टा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए। घिमिरेले एसईई सकेपछि कक्षा ११ पढ्न आउने क्रममा सवारी दुर्घटनामा परि खुट्टा गुमाएकी थिइन् ।

सहयोग रकम हस्तान्तर गर्नका लागि निवासमा पुग्दा गैर अवासिय नेपाली संघका अर्का महासचिव डा. केशव पौडेलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीलाई टेलिफोन सम्पर्क गरि आफ्नो तर्फबाट घिमिरेलाई थप १० हजार रुपैयाँ सहयोग दिने बताएका थिए।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौंका सभापति सवुज बाँनिया,नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री दिपक भट्टराई, नेपाली कांग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसी, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सचिव बद्री भट्टराई, नेपाली कांग्रेस बागमति प्रदेश सदस्य कल्पना खड्का, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रविन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय