मेलम्चीमा दुई वर्ष अघिदेखिको त्यो डर र त्रास !

मेलम्ची, १३ असोज । सिन्धुपाल्चोक स्थित मेलम्ची खानेपानी आयोजनाको ड्याम फुट्दा २०७८ असार १ गते बाढी आएको हल्ला मात्रै चलिरहेको थियो । स्थानीयको कुरालाई विज्ञलाइले समेत ‘ड्याम फुटेर मात्र यति ठूलो बाढी आएको कुरामा विश्वास गर्न सकिन्न’ भनिरहे।

शेर्माथाङक्षेत्रमा रहेको वर्षामापन उपकरणका अनुसार २९ जेठमा मेलम्ची जलाधार क्षेत्रमा भीषण वर्षा भएको थियो । त्यसपछि उक्त क्षेत्रमा मध्यम र हल्का वर्षा भएको थियो । मेलम्ची बजारक्षेत्रमा त झन् १ असारमा सिमसिम मात्र पानी परेको थियो । त्यसैले कसैले पनि बाढीको अनुमान नै गरेनन् ।

तर, असार १ गतेको राति अचानक मेलम्चीमा बाढी आउँदा सातवटा पुल बगे । सयौँ परिवार विस्थापित भए । सयौँ रोपनी खेतीयोग्य जमिन बगर बन्यो । सात जनाको शव तत्काल फेला पर्‍यो र प्रारम्भिक रिपोर्टमा २३ जना बेपत्ता भए। हालसम्म पनि त्यो संख्या एकिन छैन। स्थानीय कति जनाले ज्यान गुमाए भनेर खोजी गरिएपनी घुम्न गएकाहरुको विवरण छैन। त्यहाँको बजारमा बास बसेका र घुम्न गएका बाहिरी मानिस पनि परेको अनुमान छ तर तथ्यांक छैन।

लेदो र गेग्रानसहित आएको मेलम्ची बाढीमा अनौठो गन्ध पनि थियो रे ! मेलम्ची नदीको सतह ३० मिटरभन्दा माथि उठाउनेगरी आएको यो लेदोसहितको बाढीको कारण मेलम्ची घ्याङको पहिरो र घ्याङ गाउँभन्दा ७ किलोमिटर उत्तरमा रहेको पाटन (चौर) मा अर्को ठूलो पहिरो गएको पछि मात्रै थाहा भयो।

पहिरो र बाढी त रोकियो तर मेलम्ची क्षेत्रमा अझै त्रास बाकी छ। सिङ्गो बजार नै बगरमा परिणत भएपछि स्थानीयमा अझै पनि ‘डर’ बाँकी छ।

तस्वीरमा हेरौं हालको अवस्था :

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय