एमाले बाग्मतीको अध्यक्षमा ढुङ्गेल विजयी

काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको चुनावमा ढुंगेल ६९६ मतसहित विजयी भएका हुन्। अध्यक्षका अर्का प्रत्याशी कृष्ण दाहालले ४३९ मत पाए।

त्यस्तै उपाध्यक्षमा दावा दाेर्जे लामा ६१५ मतसहित विजयी भएका छन् । दोर्जे ढुंगेलकै समूहका हुन्। सचिवमा नवराज सिलवालले ५६८ मत पाएर विजयी भएका छन्। सचिवका अर्का प्रत्याशी हस्त पण्डितले ५६७ मत पाए। नवराज सिलवाल भने कृष्ण दाहाल समूहका हुन्।

तीन दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्दै प्यानल बनाएर उम्मेदवारी दिए कारबाही गर्ने चेतावनी दिएका थिए । तर, प्रदेश सम्मेलनमा उपस्थित प्रतिनिधिले त्यसको बिरोध गर्दै उम्मेदवार बन्न नेताहरुलाई आग्रह गरेका थिए।

निर्वाचनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिएको थियो। दिउँसो १ बजेदेखि भएको मतदान बेलुकी ८ बजे सकिएको र मतदानमा १ हजार एक सय ३६ मत खसेको थियो।

जम्मा ११६८ प्रतिनिधि मध्य ३२ जना भोटिङमा उपस्थित भएनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय