अभिनेता अनमोल केसी प्रहरी नियन्त्रणमा

काठमाडौं, १२ असोज । आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हो ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । फिल्म खेल्नलाई पैसा लिएको तर पछि खेल्न नमानेको आरोप उनिमाथि छ ।

यसै विषयमा थप अनुसन्धान गर्नका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय