सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं, १२ असोज । आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति भएको छ । शुक्रबार शिक्षा मन्त्रालयमा सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको हो ।

सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहरु १० दिनयता आन्दोलनमा उत्रेका थिए ।

सरकारले शिक्षक महासंघसँग गएको शुक्रबार सहमति गरेपनि राहतले आन्दोलन जारी राखेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय