
पोखराको ‘वाटर फ्रन्ट रिसोर्ट’ फेवातालको मापदण्डभित्र, भत्काउन सर्वोच्को आदेश


काठमाडौं, १२ असोज । सर्वोच्च अदालतले पर्यटन व्यवसायी कर्ण शाक्यको पोखरामा रहेको ‘पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट’ फेवातालको मापदण्डभित्र रहेको ठहर गर्दै भत्काउन आदेश दिएको छ।

रिसोर्टले चर्चेको जग्गा सार्वजनिक भएको र फेवातालको मापदण्डभित्र रहेको ठहर गर्दै ६ महिनाभित्र फेवातालको जमिनभित्रका सबै संरचना हटाउन अदालतले आदेश दिएको हो।
यस आदेशसँगै अब वाटर फ्रन्ट रिसोर्ट भत्काएर उक्त जग्ग्गा हरियाली क्षेत्र वा बगैंचाको रूपमा बाहेक भौतिक संरचना बनाउन नपाइने भएको छ । शाक्यले भने सरकारी अनुमति लिएर आफ्नै जग्गामा रिसोर्ट बनाएको दाबी गर्दै आएका थिए।
आदेशमा भनिएको छ– विपक्षी पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट प्रालिले निर्माण गरेको संरचनाको अधिकांश भाग फेवातालको हाई फ्लड बिन्दुबाट ६५ मिटरभित्र परेको देखिएको, होटल तथा भवन निर्माण गर्दा कानून बमोजिम स्वीकृत प्राप्त भएको नदेखिएको र सार्वजनिक, पर्ति जग्गामा समेत रिसोर्टको संरचना खडा भएको देखिँदा फेवातालको दीर्घकालीन स्वच्छता, सुन्दरता र संरक्षणका लागि उक्त अनधिकृत–पमा खडा भएको सम्पूर्ण संरचनासमेत हटाउनू।
Comments

