पुराना दललाई रविको अपिल: तपाईहरु मिल्नुस्, अबको चार वर्ष काम गरेर देखाइदिनुस्

-फाइल तस्वीर

काठमाडौं, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले अबको चार वर्ष सम्पूर्ण दलहरु मिलेर अघि बढ्न अपिल गरेका छन् । शुक्रबार विहान फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो अपिल गरेका हुन् ।

आफ्नो पार्टी बाहेकको सहमतीय सरकार बनाउन आग्रह गर्दै उनले आफूहरु प्रतिपक्षमा बस्‍न तयार रहेको बताए । उनले अन्य दलले मिशन ८४ भनेर भनेको सुहाउँदो नभएको पनि जिकिर गरे ।

उनले अबको चार वर्ष काम गरेर जनतालाई देखाएर फेरि जनताको मन जित्‍न अपिल समेत गरेका छन् ।

हेर्नुस् उनको स्टाटस:

देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईहरु सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा।
तर “मिशन ८४” भनेर तपाईंहरुले भनेको त फिटिक्कै सुहाएन। तपाईको लागि त मिशन ८० नै छ त! मिशन ०७ साल देखि निरन्तर मिशन नै मिशन थियो त !! केही नभए पनि मिशन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिशन ८०,मिशन८१,मिशन८२, मिशन ८३ छदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।
राजनितीको एउटा सटर त बन्द हुनै पर्छ हजुर!! कि तपाइको कि हाम्रो। ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय