
पर्यटन दिवसमा बौद्धनाथमा १० पर्यटकलाई नि:शुल्क प्रवेश
काठमाडौं । विश्व पर्यटन दिवसको अवसरमा बौद्धनाथ महाचैत्य अवलोकन गर्न आउने पहिलो १० जना विदेशी पर्यटकलाई नि:शुल्क प्रवेश दिइएको छ।


बौद्धनाथ क्षेत्र विकास समितिले ४४ औं विश्व पर्यटन दिवस–२०२३ को अवसरमा विश्व सम्पदा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका दश पर्यटकहरूलाई निःशुल्क प्रवेश गराउँदै खादा लगाएर स्वागत गरेको थियो।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले विश्व पर्यटन दिवसको अवसरमा बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका १० जना पर्यटकहरूलाई खादा लगाएर स्वागत गरेपछि पर्यटक खुशी भएका थिए ।
कार्यक्रममा उपस्थित समितिका सदस्यहरूले समेत ‘अतिथि देवो भवः’ भन्ने मूल नाराका साथ बौद्धनाथ महाचैत्य अवलोकन गर्न आएका अन्य पर्यटकहरूलाई खादा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा,सदस्यहरू रग्वा शेर्पा, पशुपतिनाथ (श्याम) खतिवडा, सैलेश श्रेष्ठ,सुरज रुम्बा लगायत अन्य सदस्य तथा स्थानीयको उपस्थित रहेको थियो ।
Comments

