
खेलाडी पलायनको क्रम रोकिएन, विमल पनि विदेशिए
काठमाडौं, १२ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार स्ट्राइकर विमल घर्तिमगर पनि पलायन भएका छन् । पछिल्लो समय सुखद भविष्य खोज्दै खेलाडी पलायन हुने क्रम बढिरहेका बेला विमल पनि अस्ट्रेलिया गएका हुन् ।


विमल घर्ती मगरले सन् २०१३ मा पाकिस्तान विरुद्ध खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका उनले उनले त्यसै खेलमा गोल पनि गरेका थिए र नेपाललाई हारबाट जोगाएका थिए ।

त्यसपछि उनले निरन्तर राष्ट्रिय टोलीबाट पहिलो रोजाइमा खेल्दै आएका थिए । घरेलु फुटबलमा मनाङ मर्स्याङ्दी मच्छिन्द्र लगायत क्लबबाट खेलेका उनले भारतको मोहन बगान एफसीबाट पनि खेलेका छन् ।
पछिल्लो समयमा दिनेश राजवंशी, सुनिल बल, तेज तामाङ, सुमन लामा, दर्शन गुरुङ, सन्तोष तामाङ, आशिष लामा, अभिषेक रिजाल, सुमन अर्याल लगायतका दर्जनौँ खेलाडी विदेशिइसकेका छन् ।
एक हिसाबले भन्नुपर्दा राष्ट्रिय स्तरका दुई टोली बनाउन पुग्ने खेलाडीहरु पलायन भइसकेका छन् । दर्जनौं खेलाडीहरु पलायन भइसक्दा पनि फुटबल निकाय एन्फाले भने कुनै चासो दिएको छैन ।
Comments

