
एसियाड महिला फुटबल: नेपाल हारबाट जोगियो
काठमाडौं, ११ असोज । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा समूह चरणको अन्तिम खेलमा नेपाल हारबाट जोगिएको छ ।


नेपाल र बङ्गलादेशले १ १ गोलको बराबरी खेलेका हुन् । दुवै टोली समूह चरणबाटै बाहिरिसकेको अवस्थामा यस खेल प्रतिष्ठाको लडाइँ मात्र थियो ।

बङ्गलादेशले खेलको ४४औं मिनेटमा सविना खातुनको गोल मार्फत अग्रता लिएको थियो । त्यसपछि बङ्गलादेशले थप गोल गर्न सकेन ।
नेपालले ८३औं मिनेटमा बराबरी गोल फर्कायो । सावित्रा भण्डारीको पासमा रेखा पौडेलले गोल गर्दै नेपालको हार टारिन् ।
नेपाल यसअघि भियतनामसँग २-० तथा जापानसँग ८-० गोलअन्तरले पराजित भएको थियो ।
Comments

