एमाले बागमती अधिवेशन: मतदान शुक्रबारका लागि सर्‍यो

काठमाडौं, ११ असोज । नेकपा एमाले बागमती प्रदेशको काठमाडौंमा जारी अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ ।

बिहीबार विहान हुने भनिएको मतदान साँझ ६ बजेका लागि सारिएकामा पुनः तालिका संशोधन गर्दै मतदान शुक्रबार बिहान हुने भएको हो ।

मतदानका लागि तोकिएको समयसम्ममा सहमतिको प्रयास जारी राखिने छ भने सहमति हुन नसकेको अवस्थामा शुक्रबार विहान मतदान सुरु हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय