अभियान्ता ई: र महानगरबिच चारबुँदे सहमति

काठमाडौं, १० असोज । काठमाडौं महानगर कार्यालय अगाडि ९ दिनदेखि उभिएर प्रदर्शनरत अभियन्ता ईःको आन्दोलन रोकिने भएको छ । बुधबार ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच चार बुँदे सहमति भएपछि आन्दोनल स्थगित भएको हो ।

दुई पक्षबीच भएको चार बुँदे सहमति अनुसार फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने, विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो।

अभियन्ता ईः फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय